logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रचण्डलाई ओलीको सन्देश : “एमालेले म्याजिक नम्बर भ्रम तोड्यो”

    • nayapana nayapana
    • २० भाद्र २०८२ शुक्रबार
    प्रचण्डलाई ओलीको सन्देश : “एमालेले म्याजिक नम्बर भ्रम तोड्यो”

    नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूसँग म्याजिक नम्बर रहेको भ्रम परेको भन्दै एमालेले त्यसलाई तोडेको बताएका छन्।

    अध्यक्ष ओलीले कांग्रेससँग सहकार्य सुरु गरेपछि देशमा अस्थिरता र अराजकता नियन्त्रणमा आएको बताए। उनले भने,

    “हामी ब्याक बेञ्चर जस्तो पछाडि बस्नुपर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो। कांग्रेसले एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन भन्ने भ्रम थियो। १४ महिना अघिसम्म आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने भ्रम पर्न थालेको थियो। त्यो अवस्था एमालेले चिरेको छ।”

    ओलीले आफ्नो सम्बोधनमा पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य बनाएर अघि बढेको पनि स्पष्ट पारे। उनले देशलाई समृद्ध बनाउनभन्दा ठूलो राष्ट्रिय गन्तव्य अरू केही नभएको बताएका छन्।

    अध्यक्ष ओलीको यो वक्तव्यले पार्टीको शक्ति तथा स्थायित्वलाई बलियो बनाउने दृष्‍टिले राजनीतिक संदेशको रूपमा देखिएको छ।



    nayapana nayapana    
  • २० भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP