पाटन नगरपालिका–३ मा स्थानीयवासीले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्दै कार्यबहिष्कार गराएका छन्। २०७९ मा एमालेबाट निर्वाचित वडा अध्यक्षले चुनावी वाचा कार्यान्वयनमा पूर्ण बेवास्ता गर्दै कुनै नयाँ विकास योजना नल्याएको, बजेट दुरुपयोग गरेको तथा व्यक्तिगत पहुँचका व्यक्तिलाई मात्र लाभ हुने गतिविधि सञ्चालन गरेको आरोप स्थानीयले लगाएका छन्।
वडा अध्यक्षको ‘छोटे राजा’ जस्तै एकल निर्णय र गैरजवाफदेही व्यवहारका कारण जनप्रतिनिधिभित्र गम्भीर असन्तुष्टि सिर्जना भएको स्थानीयवासीको भनाइ छ। यही असन्तुष्टिका आधारमा उनीहरूले दुई बुँदे मागसहित तालाबन्दी सुरु गरेका हुन्।
स्थानीयवासीहरूले माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने स्पष्ट चेतावनी दिएका छन्। तालाबन्दीका कारण वडा कार्यालयका नियमित सेवा–सुविधा ठप्प बनेका छन्, जसले सेवाग्राहीहरू प्रभावित भएका छन्।
प्रतिक्रिया