logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मिराज, रविकिरण, अजयसहितका ‘जेनजी’ प्रहरीको नियन्त्रणमा

    • nayapana nayapana
    • ७ पुष २०८२ सोमबार
    मिराज, रविकिरण, अजयसहितका ‘जेनजी’ प्रहरीको नियन्त्रणमा

    काठमाडौंको माइतीघर मञ्चमा सोमबार (पुस ७) पुनः प्रदर्शनमा उत्रिएका ‘जेन–जी’ आन्दोलनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारी लगायतका अगुवालाई प्रहरीले नियन्त्रणमा राखेको हो। उनीहरूलाई प्रहरी गाडीमा राखेर स्थानान्तरण गरिएको बताइएको छ।

    यसअघि पनि मिराज ढुंगाना, डा. निकोलस भुसाल लगायतका जेन–जी अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ती समय उनीहरू प्रहरी गाडीमा बस्न अस्वीकार गरेका थिए। भीडले नाराबाजी गर्दा प्रहरीले तत्काल उनीहरूलाई छाडेको थियो। तर सोमबारको प्रदर्शनमा उनीहरू पुनः नियन्त्रणमा लिएका छन्।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको अवस्थामा आन्दोलनमा उत्रिएको भन्दै प्रहरीले प्रदर्शनकारी हटाउन खोजेको जनाएको छ।

     

    जेन–जी अगुवाहरूले सर्वपक्षीय सरकारको गठनसहितका माग राख्दै सडकमा प्रदर्शन थालेका हुन्। प्रहरीले नियन्त्रणमा लिएको बावजुद आन्दोलनकारीहरूले नाराबाजी जारी राखेका थिए। यस घटनाले माइतीघर मञ्च आसपासको सुरक्षा व्यवस्थामा सतर्कता थपिएको छ।



    nayapana nayapana    
  • ७ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP