जेन–जी अभियानका अगुवा मिराज ढुङ्गानाबारे राउतले प्रतिक्रिया दिएकी छन्। रक्षा बमले आइतबार राति सामाजिक सञ्जालमा ढुङ्गानाले राखेको मागलाई चुनौती दिएका थिए।
राउतले भनेकी छन्, “कुनै नागरिकले शान्तिपूर्ण रूपमा माग राख्न पाउने अधिकार लोकतन्त्रको आधार हो। आन्दोलनमा नआएको आधारमा कसैलाई बोल्न नपाउने भन्नु लोकतन्त्रको मजाक हो।”
उनी थप्छिन्, “सडकले दिशा देखाउँछ, तर गन्तव्यमा पुग्न निर्वाचन अनिवार्य छ। अब रगत होइन, निर्वाचनमा पसिना बगाउने बेला आएको छ।”
राउतले मिराजलाई आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्दै जेन–जीको नाम इतिहासमा मजाक नबनाउन चेतावनी दिएकी छन्। उनले संविधान संशोधनका लागि नागरिक समिति बनाउने र ९० दिनभित्र सुझाव संकलन गर्ने प्रक्रिया अघि बढेको उल्लेख गरिन्।
साथै, निर्वाचन प्रणालीमा सुधार, पारदर्शिता, बेजिल्ला मतदानको रोकथाम र योग्य उम्मेदवारको समर्थन गर्न जरुरी भएको उनको भनाइ छ।
अन्त्यमा उनले महिलाप्रति गरिने अपमानजनक अभिव्यक्ति रोक्न र सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउन सबैलाई अनुरोध गरेकी छन्।
प्रतिक्रिया