logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

    • nayapana nayapana
    • १५ मंसिर २०८१ शनिबार
    एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ ।

    एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दैप्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

    प्रतियोगिताको अघिल्लो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताए ।

    “मैदानभित्र प्रतिस्पर्धा भइ नै हाल्छ । मैदानबाहिर हामी मिल्ने साथी हौँ । मैदानमा उत्रिएपछि सबैको लक्ष्य जित नै हुन्छ । हामी पनि त्यसैका लागि खेल्ने छौँ”, विराटनगरका कप्तान सन्दीपले भने ।

    यता, उद्घाटन खेलमा कस्तो रणनीति हुनेछ ? भन्ने प्रश्नमा जनकपुरका कप्तान अनिलले भने मैदानभित्र प्रदर्शन देखाउने बताए । “अहिले भन्नलाई केही पनि छैन । खेलमा सबै देख्नुहुन्छ नै”, अनिलले भने ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

    आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् । सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।



    nayapana nayapana    
  • १५ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP