logo
  • ११ कार्तिक २०८३, मंगलवार | Tue, 27 Oct 2026
  • Dark Mode

          Subscribe

    फेवातालमा दोस्रो संस्करणको ‘ड्रागन बोट रेस’

    • nayapana nayapana
    • ३ पुष २०८१ बुधबार
    फेवातालमा दोस्रो संस्करणको ‘ड्रागन बोट रेस’

    पर्यटकीय नगरी पोखराको फेवातालमा आउँदो पुस १३ गतेदेखि ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता–२०८१’ हुने भएको छ ।

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह–आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।

    पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका ११, चीनका आठ, सिंगापुरका एक गरी २० समूहको सहभागिता रहने आयोजकले जनाएको छ । विजेता समूहले पाँच हजार डलर (६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले दुई हजार डलर (दुई लाख २१ हजार रुपैयाँ), तृतीयले एक हजार दुई सय डलर (एक लाख ६३ हजार रुपैयाँ) पुरस्कार पाउनेछन् ।

    त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई पाँच सय डलर (६८ हजार रुपैयाँ) प्रदान गरिनेछ ।

    चीनमा अत्यन्त लोकप्रिय ड्रागन बोट रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फेवाताल र बेगनासतालमा प्रतियोगिता गरिँदै आइएको छ ।

    दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरुको सहभागिता रहने प्रतियोगिता पछिल्लो समय पोखरामा पनि लोकप्रिय बन्दै गएको छ ।



    nayapana nayapana    
  • ३ पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP