logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सन्दीप राई राससको महाप्रबन्धकमा नियुक्त

    • nayapana nayapana
    • २८ श्रावण २०८२ मंगलवार
    सन्दीप राई राससको महाप्रबन्धकमा नियुक्त

    राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धक पदमा वरिष्ठ पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

    दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय राई हाल प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुन्। उनले छापा, रेडियो तथा अनलाइन मिडियामा व्यापक अनुभव सँगालेका छन्। मोफसलदेखि राजधानीसम्म विभिन्न प्रतिष्ठित सञ्चारमाध्यमहरूमा काम गरेका राई पत्रकारिता क्षेत्रका अनुभवी र विश्वासिलो नाम मानिन्छन्।

    पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–३ निवासी राईले पत्रकारिताको प्रारम्भिक यात्रा मोफसलबाट सुरु गरे पनि पछिल्लो समय राजधानी काठमाडौंलाई कार्यक्षेत्र बनाउँदै आएका छन्।

    उनी पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकको भूमिकामा पनि रहीसकेका छन्।

    राईको नियुक्तिसँगै राष्ट्रिय समाचार समितिमा नयाँ नेतृत्वको सुरुवात भएको छ। सञ्चारजगतमा उनको अनुभव र नेतृत्वले संस्थालाई थप प्रभावकारी र गतिशील बनाउने अपेक्षा गरिएको छ।



    nayapana nayapana    
  • २८ श्रावण २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP