काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)ले १८औं पुस्तकालय दिवसको अवसरमा डिजिटल वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ । संगठनको केन्द्रीय पुस्तकालय तथा अभिलेख विभागको पहलमा आयोजना गरिएको कार्यक्रम आज दिउँसो २ बजे संवाद डबली, अनामनगरमा उद्घाटन गरिएको हो ।
कार्यक्रमबारे जानकारी दिँदै अनेरास्ववियू (क्रान्तिकारी)की केन्द्रीय सचिव तथा विभाग प्रमुख संकृति पुनले “डिजिटल युगमा पुस्तकालयको भूमिका” शीर्षकमा आधारित यस कार्यक्रमले नयाँ पुस्तामा अध्ययन र शोध–संस्कृति विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार डिजिटल प्रविधिको तीव्र विकाससँगै पुस्तकालयको संरचना र प्रयोगशैलीमा पनि परिवर्तन आवश्यक भएकाले यस किसिमको कार्यक्रमले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
प्रतिक्रिया