logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ

    • nayapana nayapana
    • ३१ भाद्र २०८२ मंगलवार
    जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनपश्चात् ध्वस्त बनेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका छन् ।

    जेन–जि आन्दोलनको क्रममा पार्टी कार्यालयमा आगजनी गरी भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका प्रचण्डले कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै नयाँ र भव्य पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरेका छन् ।

    कार्यालय अवलोकनपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “देशभरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ।” तर, उक्त कार्यालय कहाँ निर्माण गर्ने भन्ने विषयमा भने उनले खुलाएका छैनन्।

    प्रचण्डका अनुसार, पार्टी बैठकका माइन्युट, पुस्तकालयका केही सामग्री र केही कम्प्युटर जोगिएका छन् । ती सामग्री जोगाउन सक्रिय भूमिका खेलेका कर्मचारी र कार्यकर्ताप्रति उनले विशेष धन्यवाद व्यक्त गरे।

    यसअघि जेन–जि आन्दोलनका क्रममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवासमा समेत आगजनी गरिएको थियो । सो निवास व्यवसायी शारदाप्रसाद अधिकारीको स्वामित्वमा रहेको भए पनि ‘जेन–जि’ का नाममा जलाइएको हो। त्यस्तै, चितवनस्थित नवनिर्मित निवास पनि आन्दोलनकारीले जलाएर खरानी बनाएका थिए।



    nayapana nayapana    
  • ३१ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP