logo
  • ९ कार्तिक २०८३, आईतवार | Sun, 25 Oct 2026
  • Dark Mode

          Subscribe

    अभियानबाट कांग्रेस केन्द्रसम्म: यजस्वी राईको केन्द्रीय सहमहामन्त्रीमा दाबी

    • nayapana nayapana
    • १५ आश्विन २०८३ बिहीबार
    अभियानबाट कांग्रेस केन्द्रसम्म: यजस्वी राईको केन्द्रीय सहमहामन्त्रीमा दाबी

    काठमाडौं । सडकदेखि नीति बहससम्म युवा र सामाजिक मुद्दाको आवाज उठाउँदै आएकी युथ कांग्रेस नेपालकी सभापती यजस्वी राई अब नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो स्थान खोज्दैछिन्। अस्ट्रेलिया अवार्डकी प्राप्तकर्ता तथा अस्ट्रेलियामा स्नातकोत्तर अध्ययन गरेकी राई नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवा महिला क्लस्टरतर्फबाट निर्वाचित हुँदै आफ्नो राजनीतिक यात्रालाई नयाँ चरणमा अघि बढाएकी छन्।

    राई लामो समयदेखि सामाजिक जवाफदेहिता, लैंगिक समानता, दिगो विकास, कीर्तिम बुद्धिमत्ता, समावेशिता र युवा सहभागितासम्बन्धी अभियान तथा नीति बहसमा सक्रिय रहँदै आएकी छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग काम गर्ने क्रममा उनले अनुसन्धान, पैरवी तथा क्षमता विकासका क्षेत्रमा अनुभव हासिल गरेकी छन्।

    युथ कांग्रेस नेपालको नेतृत्व गर्दै आएकी राईले आफूले लामो समयदेखि उठाउँदै आएका सामाजिक तथा युवा मुद्दालाई पार्टीको नीति र निर्णय निर्माणको तहसम्म पुर्‍याउने उद्देश्यसहित केन्द्रीय सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्न लागेकी हुन्।
    उनको उम्मेदवारीसँगै नेपाली कांग्रेसको केन्द्रीय संरचनामा नयाँ पुस्ता तथा युवा महिलाको सहभागिता र प्रतिनिधित्वबारेको बहससमेत थप चर्चामा आएको छ।



    nayapana nayapana    
  • १५ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP