logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो, तर देश बच्यो : प्रचण्ड

    • nayapana nayapana
    • ३० श्रावण २०८१ बुधबार
    हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो, तर देश बच्यो : प्रचण्ड

    काठमाडाैं। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको बताएका छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि आफूले जोखिम उठाएको समेत जिकिर गरे।

    ‘सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल थियो,’ उनको भनाइ थियो, ‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, हतियार व्यवस्थापन सम्भव हुने थिएन।’

    प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे। ‘बिना कुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुपर्‍यो । मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बच्यो। त्यस कुरामा मलाई गर्व छ।’

    नेपालको शान्ति प्रक्रिया मौलिक रहेको समेत प्रचण्डको भनाइ छ।



    nayapana nayapana    
  • ३० श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP