logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बाबुरामसँग ओलीको गुनासोः प्रचण्ड मविरुद्ध असभ्य तरिकाले प्रस्तुत भइरहेका छन्

    • nayapana nayapana
    • २१ भाद्र २०८१ शुक्रबार
    बाबुरामसँग ओलीको गुनासोः प्रचण्ड मविरुद्ध असभ्य तरिकाले प्रस्तुत भइरहेका छन्

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूविरुद्ध असभ्य तरिकाले प्रस्तुत भइरहेको गुनासो गरेका छन् ।

    शुक्रवार सिंहदरबारमा नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो गुनासो गरेका हुन् ।

    नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आफूले प्रचण्डलाई धोका दिएको नभएर उनले चाहिँ आफूलाई धोका दिएको बताए ।
    सबै कुराको दोष आफूमाथि थोपारेर प्रचण्ड संसद र बाहिर सबैतिर असभ्य रुपमा प्रस्तुत भएको ओलीले गुनासो गरेको नेसपाका नेता कृष्ण शर्माले लोकान्तरलाई जानकारी दिए ।
    ‘प्रचण्डजी मैले धोका दिएँ भनेर टाढा हुनुभएको छ । खासमा मैले उहाँलाई धोका दिएको होइन, उहाँले चाहिँ मलाई धोका दिनुभएको हो । उहाँ संसदमा र बाहिर असभ्य रूपमा प्रस्तुत हुनुभयो, ’ओलीको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘ प्रचण्डले सबै कुराको दोषी मलाई नै बनाउनुभयो । मलाई नै दोषी बनाएर बाहिर असभ्य रुपमा बोलिरहनुभएको छ । यसमा मेरो असन्तुष्टि छ ।’

    यस्तै ओलीले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पूर्वप्रधानमन्त्री प्रचण्डले रुचि नदेखाएको आरोप पनि लगाएका छन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै शान्ति सम्झौतापछि प्राप्त भएको दुर्लभ अवसरलाई सदुपयोग गर्न आग्रह गरेका थिए । साथै उनले महत्वपूर्ण कामको जस लिनेगरी काम गर्न ओलीलाई सुझावसमेत दिए ।

    यस्तो छ ज्ञापनपत्रः 

    nullnullnullnull



    nayapana nayapana    
  • २१ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP