logo
  • ११ कार्तिक २०८३, मंगलवार | Tue, 27 Oct 2026
  • Dark Mode

          Subscribe

    भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारणलाई पैसा नलाग्‍ने

    • nayapana nayapana
    • २ आश्विन २०८१ बुधबार
    भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारणलाई पैसा नलाग्‍ने

    भूकम्पपछि पुननिर्माण गरिएको सुनधारास्थित धरहरा सर्वसाधारण्का लागि बिहीबारदेखि खुला गरिने भएको छ ।

    मन्त्रिपरिषद्ले २७ भदौमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो । सरकारले संविधान दिवसको अवसर पारेर सो निर्णय कार्यान्वयन गर्ने भएको हो । हाललाई धरहरा चढेको शुल्क लाग्ने छैन ।

    २०७२ को गोरखा भूकम्पले धरहरा भत्काएको थियो । त्यसपछि सरकारले भत्किएको धरहरालाई यथावत् राखी पहिला धरहरा रहेको नजिकै अर्को धरहरा बनाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै धरहराको उद्घाटन गरे पनि त्यसको तीन वर्षपछि फेरि ओली नै प्रधानमन्त्री भएको बेला सर्वसाधारणका लागि खुला गरिएको हो । ओलीले त्यसबेला निर्माण पूरा नहुँदै उद्घाटन गरेको भन्दै आलोचनासमेत भएको थियो ।

    धरहरा भीमसेन थापाले निर्माण गरेका थिए । धरहरामा पटकपटक भूकम्पले क्षति पुर्‍याएको छ ।



    nayapana nayapana    
  • २ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP