logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘स्काइवाक टावर’मा पहिलोपटक योगाभ्यास

    • nayapana nayapana
    • १ माघ २०८१ मंगलवार
    ‘स्काइवाक टावर’मा पहिलोपटक योगाभ्यास

    काठमाडौंको कमलादिस्थित ‘स्काइवाक टावर’मा आज विभिन्न कार्यक्रम गरी दशौं राष्ट्रिय योग दिवस मनाइएको छ ।​

    स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए ।

    प्रबन्ध निर्देशक पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।​

    त्यसअवसरमा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिकाका करिब एक सय ५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिए ।

    ‘दशौं राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौं । अब प्रत्येक साता स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ,’ उनले भने ।

    योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरूले प्राथमिकतामा राखेको ज्ञवालीको भनाइ थियो ।

    यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे । योग साधनालाई आफूलाई आफैले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनले बताए ।

    बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको आजको योगाभ्यासमा एक सय पटक आठ सूर्य नमस्कार गरिएको थियो ।

     



    nayapana nayapana    
  • १ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP