काठमाडौ । नेपालमा रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक भएको छ।
*रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक, के छन् विशेषता ?ग्लोबल टेक्नोलोजी लिडर शाओमीले काठमाडौँमा एक कार्यक्रम गर्दै उक्त सिरिज सार्वजनिक गरेको हो रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन्।
कम्पनीका अुसार यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने छ।
रेड्मी नोट १४ प्रो+५जीः मुख्य विशेषताहरू
रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ। यसमा आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ।
ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ।
रेड्मी नोट १४ प्रो+ ५जीमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटल रहेको छ। जसले स्मार्टफोन उच्च स्पीडमा चल्ने गर्छ। ८ जीबी+२५६ जीबी र १२ जीबी +५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ।
२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ।
डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ।
५११० एमएएचको क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ।
गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन जस्ता एआई विशेषताहरू रहेका छन्।
रेड्मी नोट १४ प्रो ५जी: मुख्य विशेषताहरूः
स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी ६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ। मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ।
४ एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्दछ। यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ।
ओआईएस सहितको २०० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ। ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। साथमा एआई ब्यूटिफाई, एआई इरेज प्रो र डुअल भिडियो फिचर पनि रहेको छ।
यस्तै यसमा ५११० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ फिचर रहेको छ। सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन जस्ता एआई विशेषताहरू रहेका छन्।
रेड्मी नोट १४ ५जी : मुख्य विशेषताहरू
रेड्मी नोट १४ ५जीमा आइपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ। कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको यो मोडल मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेको छ ।
यसमा मिडियाटेक डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट रहेको छ। जसले गर्दा स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ।
८जीबी+२५६जीबी र १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११० एमएएचको ब्याट्री र ४५ वाटको टर्बो चार्जिङको सुविधा रहेको छ।
यो मोडलमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ। साथै ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ।
गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई विशेषताहरू रहेका छन्।
रेड्मी नोट १४ः मुख्य विशेषताहरू
मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रंगमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ। यसको ८.१६ मिलिमिटर मोटाइ र १९६.५ ग्राम तौल रहेको छ।
६ एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९–अल्ट्रा चिपसेटले रेड्मी नोट १४ मल्टिटास्किङ र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ। यो मोडल ६जीबी +१२८ जीबी र ८जीबी+२५६जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ।
यसको १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ। त्यसैगरी यसान २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ।
यसमा ५५०० एमएएचको ब्याट्री र ३३ वाटको टर्बो चार्जिङ सुविधा रहेको छ। गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई विशेषताहरू रहेका छन्।
कति छ मूल्य ?
रेड्मी नोट १४ (६/१२८ जीबी) काे २४, हजार ९९ रहेकाे छ भने (८/२५६ जीबी) काे २७ हजार ९९९ रहेकाे छ।
रेड्मी नोट १४ ५जी (८/२५६ जीबी) काे ३०, हजार ९९ रहेकाे छ भने (१२/५१२ जीबी) काे ३५ हजार ९९९ रहेकाे छ।
रेड्मी नोट १४ प्राे ५जी (८/२५६ जीबी) काे ३९, हजार ९९ रहेकाे छ भने (१२/५१२ जीबी) काे ४४ हजार ९९९ रहेकाे छ।
रेड्मी नोट १४ प्राे + ५जी (८/२५६ जीबी) काे ४९, हजार ९९ रहेकाे छ भने (१२/५१२ जीबी) काे ५४ हजार ९९९ रहेकाे छ।
प्रतिक्रिया