logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    सरकारको डिजिटल नोम्याड नीतिलाई लक्षित गर्दै ‘वुल्फ अफिसेज’को सेवा विस्तार

    • nayapana nayapana
    • ५ श्रावण २०८३ मंगलवार
    सरकारको डिजिटल नोम्याड नीतिलाई लक्षित गर्दै ‘वुल्फ अफिसेज’को सेवा विस्तार

    सरकारले विदेशी कम्पनीमा आबद्ध भई नेपालमै बसेर काम गर्ने विदेशी नागरिकलाई लक्षित गर्दै ‘डिजिटल नोम्याड’ भिसा ल्याउने तयारी गरिरहेका बेला निजी क्षेत्रले पनि त्यसलाई अवसरका रूपमा लिन थालेको छ। यही क्रममा ‘वुल्फ अफिसेज’ले काठमाडौंको मण्डिखाटारमा नयाँ को–वर्किङ स्पेस सञ्चालनमा ल्याएको छ।

    चार महिनाअघि मध्य बानेश्वरबाट सेवा सुरु गरेको कम्पनीले स्टार्टअप, फ्रिल्यान्सर, रिमोट वर्कर र डिजिटल नोम्याडलाई लक्षित गर्दै सेवा विस्तार गरेको हो। कम्पनीका सह–संस्थापकका अनुसार सरकारको डिजिटल नोम्याड नीतिले नेपालमा साझा कार्यस्थलको माग बढ्ने अपेक्षासहित नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।

    मण्डिखाटारस्थित शाखामा ६० देखि ८० जनासम्मले एकैपटक काम गर्न सक्ने क्षमता छ। यहाँ को–वर्किङ स्पेस, निजी कार्यालय, मिटिङ रुम, उच्च गतिको इन्टरनेट तथा चिया–कफीजस्ता सुविधा उपलब्ध छन्। कम्पनीले मिटिङ रुम अनलाइन बुकिङका लागि मोबाइल एप पनि विकास गरिरहेको जनाएको छ।

    वुल्फ अफिसेजले काठमाडौंबाहिरका व्यवसायलाई लक्षित गर्दै ‘भर्चुअल अफिस’ सेवा पनि ल्याउने तयारी गरेको छ। यसअन्तर्गत राजधानीमा कार्यालय नखोली कम्पनीले आफ्नो आधिकारिक ठेगाना प्रयोग गर्न सक्ने व्यवस्था हुनेछ।

    कम्पनीले भविष्यमा क्याफे, होटल र अन्य वर्किङ स्पेसलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने योजना पनि अघि सारेको छ, जसबाट प्रयोगकर्ताले आफूलाई पायक पर्ने स्थानमा सहजै कार्यस्थल खोज्न र बुकिङ गर्न सक्नेछन्।

    नेपालमा डिजिटल नोम्याड र रिमोट वर्क संस्कृतिलाई प्रवर्द्धन गर्ने सरकारी तयारीसँगै यस्ता साझा कार्यस्थलमा निजी क्षेत्रको लगानी बढ्नु आगामी दिनमा स्टार्टअप इकोसिस्टम र सेवा अर्थतन्त्र विस्तारको संकेतका रूपमा हेरिएको छ।



    nayapana nayapana    
  • ५ श्रावण २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP