logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    परम्परागत बजार सुचारु गर्न चीनको चासो

    • nayapana nayapana
    • ८ बैशाख २०८२ सोमबार
    परम्परागत बजार सुचारु गर्न चीनको चासो

    दोलखा।  चीनले दोलखासँगको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई निरन्तरता दिन चाहेको छ । खासामा बजार बस्नु अघि चल्तीमा रहेको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई चीनले निरन्तरता दिन चाहेको दोलाखका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
    केही सयम अघिमात्र सिमा बैठकमा सहभागि हुन चीनको तिब्बत स्थित रोङ्सिया पुगेका  दोलखाका प्रमुख जिल्ला अधिकारी गेलालले दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ मा पर्ने फलाक नाका खुलाएर तिब्बतको रोङ्सियामा बजार विस्तार तथा सुचारु गर्ने चीनको प्रस्ताव रहेको बताए ।

    सिमा बैठकको क्रममा चिनियाँ पक्षले परम्परागत ब्यापारलाई निरन्तरता दिन रोङ्सियामा केही भौतिक संरचनाहरु समेत तयार गरेकोले नेपाल पक्षले पनि सिमा सुरक्षा, सडक निर्माण, भन्सार कार्यालय लगायतका विषयमा चासो दिनुपर्ने चिनियाँ पक्षको आशय रहेको प्रमुख जिल्ला अधिकारी गेलालले भनाई छ ।

    फलाक नाकाबाट ब्यापारीक कारोवार हुने भएकैले नेपाल सरकारले २०२५-०२६ सालतिरबाट लामाबगरमा भन्सार कार्यालय खोलेको विगु गाँउपालिकाका पूर्व अध्यक्ष युधिष्टीर खड्काले बताए । यो कार्यालय २०४४-०४५ सालसम्म राम्रैसंग सञ्चालनमा रहेको भएपनि त्यस यता भने साईनबोर्डमा मात्र सिमित रहेको छ ।

    सडकबाट फलाक नाका जोडियो भने चीनको टिङ्ग्री जिल्ला स्थित रोङसिया बजार पुगेर सहजै व्यवसाय गर्न सकिने अवस्था रहेको दोलखा विगु गाँउपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङ बत्ताउँछन् । फलाक नाका खुला गर्न नेपाल पट्टी करिब तीन किलोमिटर सडक निर्माण र अध्यागमन, सुरक्षा बेसक्याम्प लगायतको तयारी गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गेलालको भनाई छ ।

    यो नाका सुचारु गर्न सकिए नेपाल– चीन– भारत जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्ग हुने भएकोले सडक निर्माण लगायतका कामको लागि नेकपा एमालेले सबै राजनीतिक दलहरुसंग सहकार्य गर्दै सरकारलाई आग्रह गरिरहेको पोलिटब्युरा सदस्य पार्वत गुरुङ बत्ताउँछन् ।

    नेपाल– चीन– भारत जोड्ने दुई सय ५० किलोमिटरको फलाक– भिटामोड त्रिदेशीय मार्गको करिब दुई सय ४७ (कच्ची र पक्की गरी) किलोमिटर सडक बनिसकेको छ । अब करिब तीन किलोमिटर सडक बनेपछि चीनसंगको फलाक नाका जोडिने दोलखाका प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।



    nayapana nayapana    
  • ८ बैशाख २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP