logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    घुम्न निस्कने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० गन्तव्य

    • nayapana nayapana
    • ३१ जेष्ठ २०८२ शुक्रबार
    घुम्न निस्कने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० गन्तव्य

    घुम्ने मान्छेका लागि कुनै खास मौसम हुँदैन । अथवा प्रत्येक मौसममा घुम्नुको मज्जा बेग्लै हुन्छ । देशभर घुम्ने गन्तव्य धेरै रहेका छन् । अझ भनौ भने घुम्नका लागि अहिलेको यो उपयुक्त मौसम पनि हो । यो समयमा आफुलाई जान मन लागेको रमणीय पर्यटकीय गन्तव्यहरुमा पुगि मनोरम दृश्यावलोकन गर्न सक्नुहुनेछ । यी गन्तव्यमा खान, बस्नको सुबिधा समेत रहेको छ ।

    १. त्रिशूलीमा र्‍याफ्टिङ

    काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले पनि त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ । धादिङ जिल्लाको चरौदी भएर बगेको त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न घुइँचो लागेको छ । त्रिशूली र्‍याफ्टिङलाई नेपालको सबैभन्दा लोकप्रिय ह्वाइटवाटर टुर पनि भनिन्छ । विगत केही वर्ष अघिसम्म विशेष गरी विदेशी पर्यटकहरू अत्यधिक रमाउने यस र्‍याफ्टिङमा अहिले स्वदेशी पर्यटकहरू रमाउन थालेका छन् । त्रिशूलीमा र्‍याफ्टिङमा सबैभन्दा धेरै जाने त्रिशुली रिभर साइड रिसोर्ट हो । र्‍याफ्टिङ मार्फत प्राकृतिक चिनारी हेर्दै छुट्टै आनन्द लिन सकिन्छ ।

    २. पिके डाडाँ
    पिकेडाडाँको यात्राका लागि ओखलढुंगाबाट जान सकिन्छ भने सोलुबाट पनि जान सकिन्छ । यो सोलु र ओखलढुंगाको बिचमा पर्छ । यो डाडाँबाट खुलेको मौसममा नेपालको ७ वटा उच्च हिमाल देख्न सकिन्छ । च्यो यु बाहेक बाकी सबै हिमाल देख्न सकिन्छ । दोस्रो र नवौ बाहेकका हिमाल सबै देखिन्छ । पिके डाडाँबाट मनोरम दृष्यावलोकन गर्न समेत सकिन्छ ।

    ३. मार्दी ट्रेक (हिमाल )
    हिमाल हेर्नका लागि विभिन्न गन्तव्यहरु मध्ये मार्दी टे«क पनि एक हो । धेरै हिमालहरु नियाल्न सकिने भएकाले यो टे«क चर्चित छ । यो कास्की जिल्लामा पर्छ । माछापुच्छे«को धम्पुशबाट माथि लागेर सोलु जानुभयो भने अन्नपूर्ण सर्किट पुगिन्छ । दायाँ तिर लागियो भने मार्दि हिमाल तिर जान सकिन्छ । एक सातामा यो ट्रेक गर्न सकिन्छ ।

    ४. हाइवे टुरिजम
    हाइवे टुरिजम परिवारको साथमा गर्न पनि सकिन्छ । काठमाडौंबाट यात्रा सुरु गरिएको छ भने हलेसी, भोजपुर, हेवाघाट, अरुण तेस्रो ड्याम हुँदै घनकुटातर्फ जान सकिन्छ । घनकुटाबाट भेडेटार, चतुरा हुँदै उदयपुर, सिन्धुली, सिन्धुलीगढी, बिपी राजमार्ग हुँदै काठमाडौं फर्कन सकिनेछ । हाइवे टुरिजमको यात्रामा जादाँ प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक दृष्यावलोकन गर्न सकिन्छ ।

    ५. खप्तड
    खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन । फूल फुलेका फाँटमा प्रकृतिको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह,शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् । जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएको छ । यसका लागि १० दिनको समय उपयुक्त हुनसक्छ ।

    ६. थोरङ्ला
    समुद्री सतहबाट ५४१६ मिट उचाइमा रहेको थोरङ्ला पास पुग्दा जो कोहीलाई रोमाञ्चक अनुभूति हुने गर्छ । देश तथा विदेशी पर्यटकको रोजाइमा पर्ने थोरङ्ला पास पार गर्न विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक नेपाल आउँछन । यो यात्राका लागि एक साताको समय उपयुक्त हुनसक्छ ।

    ७. लोमानथाङ
    हिमालपारीको जिल्ला मुस्ताङको आफ्नै मौलिक संस्कृतिका कारण पनि प्रख्यात छ । माथिल्लो मुस्ताङको सदरमुकामको रुपमा लोमानथाङलाई चिनिन्छ । लोमानथाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ । लोमान्थाङलाई नेपालको मरुभूमि भनेर पनि चिनिन्छ । यो प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले आकर्षण भरिएको छ । स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरूले झनै आकर्षण थपेको छ । वास्तविक हिमाली जीवन, ऐतिहासिक, पुरातात्विकक संरचना यहाँको विशेषता हो । यो क्षेत्रमा पुगेपछी छुट्टै आनन्द लिन सकिन्छ ।

    ८. रारा
    मुगु जिल्लाको रारा ताल धेरैका लागि पर्यटकीय गन्तव्य बन्न पुगेको छ । समुद्रि सतहदेखि तीनहजार मिटर उचाइमा रहेको रारा तालले सुन्दरताका अनेक उपनाम पाएको छ । रारा तालको यात्रा सुखद अनुभुति बन्न सकिनेछ । रारा तालको अवस्थिती र आकार नै प्राकृतिक सुन्दरताको उच्चतम नमुना मानिन्छ । तालसँगै जंगल र आसपासका मनोरम दृश्य यहाँको आकर्षण हो । एक हप्तादेखिको समय रारा तालको घुमघामका लागि पर्याप्त हुन सक्छ ।

    RaRa Tal, Karnali, Visit Karnali, Visit Rara

    ९. लाङटाङ
    लाङटाङ नेपालको तेस्रो पर्यटकिय गन्तव्य हो । यो रसुवा जिल्लामा पर्छ । हिम शृङखला, क्यान्जिन उपत्यका, जैबिक विविधता, ऐतिहासिक गुम्बा लगायत मनोरम दृष्यका लागि यो गन्तव्य आकर्षक गन्तव्य हो । यो क्षेत्रमा पुगेपछी छुट्टै आनन्द लिन सकिन्छ । यो यात्राका लागि एक हप्ताको समय पर्याप्त हुन्छ ।

    १०. लिमी भ्याली
    लिमी भ्याली हुम्ला जिल्लामा पर्दछ । नाम्खा गाउँपालीका स्थित हिल्सामा पर्ने लिमी भ्याली ३६६० मिटरको उचाईमा रहेको छ । लिमी भ्याली पुगेपछि प्राकृतिक सुन्दरताको छुट्टै आनन्द लिन सकिन्छ । यो भ्यालीको यात्राका लागि १० दिन देखि १२ दिनको समय उपयुक्त हुनसक्छ ।



    nayapana nayapana    
  • ३१ जेष्ठ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP