logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पर्यटक पर्खिरहेको चौंरी लेक

    पर्यटक पर्खिरहेको चौंरी लेक

    रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् ।

    घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी, चुरेन, सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ । बेसीमा नागबेली चालमा बग्ने उत्तरगंगा नदी, निसेलधोर र नेपथ्यमा ढोरपाटन भ्यालीले मोहनी लगाउँछ।

    हरियालीमाथि छरिएका रंगीन बुकीफूलहरू र ती फूलहरूबीच चरिरहेका गाईगोरु, भेडाबाख्रा, घोडाहरूको  दृश्य औधी मनमोहक छ ।  हप्ता दिनको यात्रा गरेर गाउँबाट उकालो चढेका गाईहरू अहिले चौंरी खर्कको चिसो हावामा रमाइरहेका छन् । कहिले गोरेटो पछ्याउँदै, कहिले कुहिरोमा हराउँदै-हराउँदै ।

    हिउँदमा हिउँले ढाकिने यी डाँडाहरू अहिले खुला छन् । हरियो बुट्यान, चरनयोग्य खुला मैदान र किसानका पाइला मिलेर बनेको चौरीखर्कले जीवन भरेको छ।

    यो ठाउँ कसरी पुग्ने ?

    रुकुम पूर्व र बागलुङको सिमास्थल पाथीहाल्नेस्थित मध्यपहाडी लोकमार्ग देखि करिब ३ घण्टाको पैदल यात्रा गरी सजिलै पुग्न सकिन्छ।



    nayapana nayapana    
  • २५ असार २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP