logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

    • nayapana nayapana
    • २० भाद्र २०८१ बिहीबार
    पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

    काठमाडाैँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन्।

    बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जनाएको छ।

    जोशी यसअघि पनि सीईओको रुपमा काम गरिसकेका छन्। निबर्तमान सीईओ धन्ञ्जय रेग्मी र जोशीबीचको प्रतिस्पर्धामा जोशीले बाजी मारेका हुन्।

    रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीईओविहीन थियो।

    बोर्डले कार्यकारी प्रमुख छनौट सिफारिस गर्न बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको थियो।

    उपसमितिले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशीसहित रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो।

    सीइओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सीइओकालागि दर्खास्त आह्वान गरेको थियो।



    nayapana nayapana    
  • २० भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP