logo
  • ११ कार्तिक २०८३, मंगलवार | Tue, 27 Oct 2026
  • Dark Mode

          Subscribe

    बेलायतका राजकुमार मंगलबार नेपाल आउँदै

    • nayapana nayapana
    • २१ माघ २०८१ सोमबार
    बेलायतका राजकुमार मंगलबार नेपाल आउँदै

    काठमाडाैं । बेलायतका राजकुमार एडवार्ड मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्।

    श्रीमती सोफियासहित निजी भ्रमणमा उनी नेपाल आउन लागेका हुन्।

    गृह मन्त्रालय स्रोतका अनुसार मंगलबार दिउँसो आएर उनी शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूको सुरक्षाका लागि पिएसओ खटाउने तयारी गरेको छ।

    राजकुमार र उनको टिम माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । उनी घुम्नका लागि पोखरासमेत जानेछन् ।

    बेलायती राजपरिवारको वेबसाइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो।



    nayapana nayapana    
  • २१ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP