logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अग्नि खरेललाई समेट्दै ईश्वर पोखरेल समूहले बनायो आफ्नोतर्फको सूची

    • nayapana nayapana
    • १ पुष २०८२ मंगलवार
    अग्नि खरेललाई समेट्दै ईश्वर पोखरेल समूहले बनायो आफ्नोतर्फको सूची

    नेकपा (एमाले) को अध्यक्ष पदमा उम्मेदवारी दिएका ईश्वर पोखरेल नेतृत्वको समूहले आफ्नोतर्फबाट पदाधिकारी तथा केन्द्रीय सदस्यको प्यानल सार्वजनिक गरेको छ। उक्त प्यानलमा सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका अग्नि खरेललाई समेत समेटिएको छ।

    यसअघि केपी शर्मा ओलीका निकट मानिएका खरेल पदाधिकारीको प्रारम्भिक सूचीमा नपरेपछि सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। पोखरेल समूहले उनलाई आफ्नो प्यानलमा समावेश गर्दै शक्ति सन्तुलन कायम गर्ने प्रयास गरेको देखिन्छ।

    त्यस्तै, स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उपाध्यक्ष पदका टंक कार्की र उपमहासचिव पदका उम्मेदवार आनन्द पोखरेल पनि पछि पोखरेल समूहको प्यानलमा समेटिएका छन्।

    पोखरेल समूहबाट उपाध्यक्ष पदका उम्मेदवारहरूमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, विन्दा पाण्डे र परशुराम मेघी गुरुङ रहेका छन्। महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार छन् भने उपमहासचिव पदमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल रहेका छन्।

    त्यसैगरी, नौ जना सचिव पदका उम्मेदवारमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, गोकुल बास्कोटा, रचना खड्का, पुरुषोत्तम पौडेल र विनोद ढकाल छन्। यही प्यानलसहित पोखरेल समूहका प्रतिनिधिहरू महाधिवेशन स्थलमा सक्रिय प्रचार–प्रसारमा जुटिरहेका छन्।

    नयाँ नेतृत्व चयनका लागि मंगलबार अपरान्ह मतदान कार्यक्रम तय गरिएको छ। यसैबीच, अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका केपी शर्मा ओली पनि आफ्नो अलग प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।



    nayapana nayapana    
  • १ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP