logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपाले टुंग्यायो स्वर्णिम, शिशिर र सोविताको निर्वाचन क्षेत्र

    • nayapana nayapana
    • ४ माघ २०८२ शनिबार
    रास्वपाले टुंग्यायो स्वर्णिम, शिशिर र सोविताको निर्वाचन क्षेत्र

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउने प्रक्रिया सुरु गरेको छ। यस क्रममा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचन लड्ने पक्का भएको छ। उक्त जानकारी वाग्लेले स्वयं दिएका हुन्।

    वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजकसमेत रहेका छन्। शनिबार बसेको समितिको बैठकले समितिका अन्य सदस्य शिशिर खनाल र सोविता गौतमले निर्वाचन लड्ने क्षेत्रसमेत निश्चित गरेको छ। निर्णयअनुसार शिशिर खनाल यसअघि निर्वाचित भएको काठमाडौं–६ बाट पुनः उम्मेद्वार बन्नेछन् भने सोविता गौतम चितवन–३ बाट प्रतिस्पर्धामा उत्रिनेछिन्। गौतम यसअघि काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन्।

    समितिका संयोजक वाग्लेका अनुसार शनिबारको बैठकले देशभरका १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेद्वार सिफारिस गरी पार्टी सचिवालयमा नाम पठाइसकेको छ। तीमध्ये हिमाली तथा पहाडी जिल्लाका निर्वाचन क्षेत्रहरूको अन्तिम टुंगो आइतबार बिहानसम्म लगाइनेछ र उम्मेद्वारलाई औपचारिक रूपमा टिकट वितरण गरिनेछ।

    त्यसैगरी सुगम तथा शहरी क्षेत्रका उम्मेद्वारलाई आइतबार साँझसम्म टिकट प्रदान गर्ने कार्यतालिका रहेको वाग्लेले बताए। उनका अनुसार यसअघि सांसद भइसकेका नेता तथा प्रदेश सभापतिहरू स्वतः उम्मेद्वारका रूपमा रहने व्यवस्था गरिएको छ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यसपटक रास्वपाबाट करिब ७ सय ५० जनाले उम्मेद्वार बन्न आकांक्षा व्यक्त गरेको वाग्लेले जानकारी दिएका छन्।



    nayapana nayapana    
  • ४ माघ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP