logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • Dark Mode

          Subscribe

    एमालेलाई माओवादीको गीतिजवाफ– ‘कति जल्छौं आरिसले, अझै जल्दै गर…’

    • nayapana nayapana
    • २४ असार २०८१ सोमबार
    एमालेलाई माओवादीको गीतिजवाफ– ‘कति जल्छौं आरिसले, अझै जल्दै गर…’

    काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले संसदीय व्यवस्थामा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया भएको बताएका छन् । उनले राजनीतिक एजेन्डा र बहुमत पुर्‍याउन सक्नेले सरकार बनाउने बताए ।

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान सुधारभन्दा पनि राजनीतिक नेतृत्वको प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले अहिले सरकार बनाउने राजनीतिक परिवर्तन चित्त बुझ्दो नभएको पनि बताए ।

    गीतको सहयोग लिँदै उनले अहिले राजनीतिक स्थिरता र संविधान संशोधनको नारा दिएर अहिले सरकार परिवर्तनको तयारी भएकोमा चित्त दुखाए । “हिजो पनि आज पनि केही माननीय साथीहरूले गीतको अन्तरा भन्नुभयो मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ति मोक्तानको एउटा गीत छ” उनले भने, “कति जल्छौँ आरिसले अझै जल्दै गर । म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर, रेग रेसा…।”

    स्थायित्वको नारा दिएर पार्टी एकता गरेर जाँदा सदन विघटन भएको उल्लेख गर्दै उनले अहिले कसरी राजनीतिक स्थिरता कति चाहिँ विश्वास गर्ने भन्दै शंका रहेको उल्लेख गरे ।

    दुई पार्टी सिस्टमतिर लैजान खोजे पश्चगमन हुने पनि उल्लेख गरे । साथै, उनले धर्म निरपेक्षता र समावेशिता संविधानको मूल मर्म भएको भन्दै यसलाई हटाउन खोजेको हो भने पश्चगमन हुने उल्लेख गरे । राज्यको पुनर्संरचनामा प्रदेश र पालिका हटाउने कुरा पनि स्वीकार्य नहुने बताए ।



    nayapana nayapana    
  • २४ असार २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP