logo
  • १८ चैत्र २०८२, बुधबार | Wed, 01 Apr 2026
  • Dark Mode

          Subscribe

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

    • nayapana nayapana
    • ३० श्रावण २०८१ बुधबार
    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

    संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

    बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए। त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

    विधेयकको विपक्षमा नेमकिपाका सांसद प्रेस सुवाल उभिएका थिए भने अन्य दल तथा स्वतन्त्र सांसदहरू विधेयकको पक्षमा उभिएका थिए।

    सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।



    nayapana nayapana    
  • ३० श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP