logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    काठमाडौं आइपुगे ‘लिजेन्ड क्रिकेटर’ ब्रायन लारा

    • nayapana nayapana
    • २८ मंसिर २०८१ शुक्रबार
    काठमाडौं आइपुगे ‘लिजेन्ड क्रिकेटर’ ब्रायन लारा

    काठमाडाैं । वेस्ट इन्डिजका ’महान’ क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् ।

    शुक्रबार बिहान सवा ९ बजे उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

    आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन् ।

    क्यानका अनुसार लाराले एनपीएलका केही खेल हेर्नेछन् । लाराले बुधबार मात्रै सामाजिक सञ्जालमार्फत आफू एनपीएलका खेल हेर्न इच्छुक रहेको बताएका थिए।



    nayapana nayapana    
  • २८ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP