logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र फर्किन सर्वोच्च अदालतको आदेश

    • nayapana nayapana
    • ११ बैशाख २०८२ बिहीबार
    आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र फर्किन सर्वोच्च अदालतको आदेश

    काठमाडौँ । आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ।

    सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो।

    आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’

    गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौँकेन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा ऐनलगायत २४ वटा माग राखेर उनीहरूले काठमाडौँका सडक तताइरहेका छन्।

    सरकारसँगको वार्ताका लागि अनेकन प्रयास भए पनि सफल हुन सकिरहेको छैन।

    आदेशः



    nayapana nayapana    
  • ११ बैशाख २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP