logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी [तस्वीरहरू]

    • nayapana nayapana
    • ३ फाल्गुन २०८१ शनिबार
    धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी [तस्वीरहरू]

    क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । डोल्पा ६ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा पर्दछ ।

     ११ औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हो । झन्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् ।
    null

    धार्मिक मान्यता, सांस्कृतिक धरोहर र परम्पराले गर्दा डोल्पाले नेपालको गौरव मात्रै बढाएको छैन, अनगन्ती प्राकृतिक दृश्य र मौलिक परम्पराले गर्दा पर्यटक वृद्धि भई आर्थिक समृद्धि हासिल गर्न सघाउ पुग्नेमा दुई मत छैन ।

    हाम्रो धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा वर्णन भएअनुसार त्यहाँ त्रिपुरा नामको राक्षसलाई मारिएको हुँदा त्यस ठाउँको नाम त्रिपुराकोट रहन गएको भन्ने किंवदन्ती छ । अर्को, सोही ग्रन्थमा उल्लेख भएअनुसार सतीदेवीको अङ्ग ढाड पतन भएको हुँदा भगवान् मुकुटेश्वर महादेव पीठको उत्पति भएको भनिएको छ ।

    null

    त्रिपुराकोट गढीमा सातौँ शताब्दीका राजा विक्रम शाहीको दरबार थियो । शाहीले यसै कोटगढीका विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । त्यतिखेर मन्त्रीलाई काजी भन्ने चलन थियो । अहिले मन्दिर भएको ठाउँमा त्यो बेला राजाको दरबार थियो ।

    त्यहीँ क्षेत्रभित्र धान कुट्ने ढुङ्गाको ओखल पनि थियो । धान कुट्दै जाँदा त्यो ओखलमा अनेक चमत्कार भयो । कहिले चार माना धान कुट्दा आठ माना चामल हुने, कहिले आठ माना धान कुट्दा दुई माना चामल बस्ने । धान कुटेर फ्याँकेको ढुटोबाट कसरी चामल भयो ?

    null

    ओखलको अनौठो पक्षबारे कजिनीहरूले आफ्ना काजीहरूलाई बताए । त्यो सूचना काजी विष्टहरूले राजा विक्रम शाहीसमक्ष जाहेर गरे । जब राजाले यस्तो अचम्मको सूचना पाए, तत्काल प्रजाहरू भेला गरेर ओखल उत्खनन गर्न लगाए भन्ने किंवदन्ती छ ।

    त्यो ओखलको ढुङ्गोलाई उल्टाउन निकै हम्मे भयो ।

    सन् १११४ मा त्रिपुरासुन्दरी मन्दिरको स्थापना भएको हो । प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक पाराका छन् । मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल रहेका छन् ।

    null

    धार्मिक विशेषता नै विशेषता भएको त्रिपुरा सुन्दरीमा पूर्वराजारानीदेखि राष्ट्र प्रमुखहरू पुग्नु परापूर्वकालदेखि नै माता भगवतीले इच्छा पूरा गर्ने जनविश्वास छ । यहाँ विजयादशमी, चैते दसैँ, श्रीपञ्चमी तथा महाशिवरात्रिमा हरेक वर्ष ठुलो मेला लाग्दछ । त्यसबाहेकका दिनमा पनि दर्शनार्थीको घुइँचो हुन्छ ।

    null

    null

    null

    null

    null



    nayapana nayapana    
  • ३ फाल्गुन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP