logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    माओवादीको मध्यपहाडी अभियान कर्णाली पुग्यो

    • nayapana nayapana
    • ५ जेष्ठ २०८२ आईतवार
    माओवादीको मध्यपहाडी अभियान कर्णाली पुग्यो

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ । सुदूरपश्चिममा अभियान सकिएपछि टोली कर्णाली पुगेको हो ।

    कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका छन् । अध्यक्ष प्रचण्ड नेतृत्वको टोली राकम पुल हुँदै कर्णाली प्रदेश प्रवेश गरेको छ ।

    यसअघि बैतडीको पाटनमा उद्घाट गरिएको  कार्यक्रममा कम्युनिष्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्लको टिमलाई हस्तान्तरण गरेको जनाइएको छ ।



    nayapana nayapana    
  • ५ जेष्ठ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP