logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • Dark Mode

          Subscribe

    मेलम्चीको पाइप फुटेर जलमग्न भएपछि भाँसियो बबरमहलको सडक

    • nayapana nayapana
    • ३० माघ २०८१ बुधबार
    मेलम्चीको पाइप फुटेर जलमग्न भएपछि भाँसियो बबरमहलको सडक

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्न भएपछि काठमाडौंस्थित बबरमहलको सडक भाँसिएको छ । सडक भाँसिएपछि हाल आवतजावत रोकिएको छ।

    पाइप फुटेपछि अनियन्त्रित रुपमा बगेको पानीले बबरमहलस्थित त्यहाँका सरकारी कार्यालयहरु डुबानमा परेका छन् भने विशेष अदालतमा सुनुवाइ रोकिएको छ ।

    आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।

    काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए । उनले भने, “पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम (वास आउट) भइरहेको छ । हालसम्म पानी बग्न भने रोकिएको छैन ।”

    अन्तरनिकाय समयवय निकै कमजोर हुँदा यस्ता समस्या पटक पटक घट्ने गरेका छन् ।



    nayapana nayapana    
  • ३० माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP