स्कटल्याण्डविरुद कीर्तिमानी जीत नजिक पुगेर नेपाल अन्ततः पराजित हुन पुगेको छ ।
३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पराजित भएको हो । नेपाल २ रनले पराजित भएकाे हाे ।
अन्तिम ओभरमा जीतका लागि ७ रन चाहिँदा नेपालले दुई विकेटको क्षतिमा ४ रनमात्रै बनाउन सक्यो । जसले नेपालको जित्दाजित्दैकाे खेल उम्किएको हो ।
विश्व क्रिकेट लिग २ को अघिल्लो खेलमा भने नेपालले स्कटल्याण्डविरुद्ध नै १ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।
जीतको लागि असम्भव जस्तो खेलमा सोमपाल कामीको ६७, दीपेन्द्रसिंह ऐरीको ५६ रनको मद्दतमा नेपाल लक्ष्यतर्फ अघि बढेको थियो ।
तर हातमा तीन विकेट बाँकी हुँदा ठूला सट खेल्ने धुनमा दुवै खेलाडी आउट हुँदा नेपालको अवस्था थप कठिन भयो ।
पूरै ओभर खेल्दा जित्न सकिने अवस्थाकाबीच करण केसी पनि ४९.३ ओभरमा ठूलो सट खेल्ने धुनमा क्याचआउट हुँदा नेपालको कीर्तिमानी आशा टुटेको हो ।
नेपालको लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए ।
प्रतिक्रिया