logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कीर्तिमानी जीतनजिक पुगेर नेपालको स्तब्धपूर्ण पराजय

    • nayapana nayapana
    • २७ जेष्ठ २०८२ सोमबार
    कीर्तिमानी जीतनजिक पुगेर नेपालको स्तब्धपूर्ण पराजय

    स्कटल्याण्डविरुद कीर्तिमानी जीत नजिक पुगेर नेपाल अन्ततः पराजित हुन पुगेको छ ।

    ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पराजित भएको हो ।  नेपाल २ रनले पराजित भएकाे हाे ।

    अन्तिम ओभरमा जीतका लागि ७ रन चाहिँदा नेपालले दुई विकेटको क्षतिमा ४ रनमात्रै बनाउन सक्यो । जसले नेपालको जित्दाजित्दैकाे खेल उम्किएको हो ।

    विश्व क्रिकेट लिग २ को अघिल्लो खेलमा भने नेपालले स्कटल्याण्डविरुद्ध नै १ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।

    जीतको लागि असम्भव जस्तो खेलमा सोमपाल कामीको ६७, दीपेन्द्रसिंह ऐरीको ५६ रनको मद्दतमा नेपाल लक्ष्यतर्फ अघि बढेको थियो ।

    तर हातमा तीन विकेट बाँकी हुँदा ठूला सट खेल्ने धुनमा दुवै खेलाडी आउट हुँदा नेपालको अवस्था थप कठिन भयो ।

    पूरै ओभर खेल्दा जित्न सकिने अवस्थाकाबीच करण केसी पनि ४९.३ ओभरमा ठूलो सट खेल्ने धुनमा क्याचआउट हुँदा नेपालको कीर्तिमानी आशा टुटेको हो ।

    नेपालको लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए ।



    nayapana nayapana    
  • २७ जेष्ठ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP