काठमाडौं । संयुक्त विद्यार्थी संगठनले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्न माग गरेको छ। संगठनले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो।
संयुक्त विद्यार्थी संगठनको तर्फबाट अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव रोशन थापामगरले ज्ञापनपत्र वाचन गरेका थिए। संगठनले हाल संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले सार्वजनिक शिक्षालाई कमजोर पार्ने, निजीकरण र व्यापारीकरणलाई संस्थागत गर्ने तथा युवाहरूलाई विदेश पलायनतर्फ धकेल्ने खालको व्यवस्था गरेको आरोप लगाएको छ। संविधानको मर्मअनुसार शिक्षा क्षेत्रमा आमूल परिवर्तनको अपेक्षा भए पनि विधेयकले ती अपेक्षाहरूलाई नजरअन्दाज गरेको संगठनको दाबी छ।
प्रस्तुत मुख्य मागहरू
विद्यार्थी संगठनले ऐनलाई विद्यार्थीमैत्री बनाउन ९ वटा माग अघि सारेको छ। तीमध्ये मुख्य मागहरू यसप्रकार छन् :
सबै प्रकारका छात्रवृत्तिलाई एकीकृत गरी पारदर्शी केन्द्रीय विद्यार्थी छात्रवृत्ति पोर्टल निर्माण। संगठनले विद्यालय शिक्षा ऐनलाई समाजवादी शिक्षा नीतिको आधारमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। शिक्षा क्षेत्र सेवामुखी बन्नुपर्ने र आगामी पुस्तालाई सीपमूलक, रोजगारमुखी र राष्ट्रिय हितअनुरूप तयार पार्ने प्रणाली विकास गर्नुपर्ने संगठनको भनाइ छ।



प्रतिक्रिया