logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    महिला शसक्तीकरणको नयाँ अध्याय : कार्की–भण्डारीको संयोजन

    • nayapana nayapana
    • २९ भाद्र २०८२ आईतवार
    महिला शसक्तीकरणको नयाँ अध्याय : कार्की–भण्डारीको संयोजन

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नयाँ महान्यायाधिवक्ताका रूपमा नियुक्त गरिएको छ।

    नेपालको इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्रीद्वारा महिला महान्यायाधिवक्ताको नियुक्ति भएको यो घटनालाई न्याय क्षेत्रको लैङ्गिक समावेशीतातर्फ एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई यो जिम्मेवारी निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामापछि प्रदान गरिएको हो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त बडालले आज बिहान पदबाट राजीनामा दिएका थिए।

    न्याय क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव रहेको वरिष्ठ अधिवक्ता भण्डारी संवैधानिक कानुन, मानव अधिकार र लैङ्गिक न्यायको क्षेत्रमा सक्रिय हुँदै आएकी छिन्। उनको नियुक्तिपछि न्याय प्रणालीमा सुधार, प्रभावकारी कानुनी कार्यान्वयन र समावेशी नेतृत्वप्रति आशा व्यक्त गरिएको छ।

    प्रधानमन्त्री कार्कीले भण्डारीको नियुक्तिबाट न्यायिक नेतृत्वमा महिलाको पहुँच बढ्ने र समावेशी अभ्यासलाई संस्थागत गर्ने अपेक्षा व्यक्त गरेकी छन्। यो नियुक्तिले नेपाली न्याय प्रणालीमा नयाँ अध्याय सुरु भएको संकेत दिएको छ।



    nayapana nayapana    
  • २९ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP