logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    छुट्टिएका सबै साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौं : प्रचण्ड

    • nayapana nayapana
    • २३ जेष्ठ २०८१ बुधबार
    छुट्टिएका सबै साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौं : प्रचण्ड

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताएका छन् । सबैलाई एकीकृत गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

    पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

    आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै उनले सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।

    ‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनुभयो, त्यो बाटो सही सावित भएन, हामी सही छौं । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत गर्न तयार छु ।’​

    बुर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बुर्जुवा चरित्रको नभएको स्पष्ट पारे ।

    सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थसमाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औंल्याउँदै प्रधानमन्त्रीले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए ।

    उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्नेगरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए ।



    nayapana nayapana    
  • २३ जेष्ठ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP