नेपाली विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास बोकेको अनेरास्ववियू (क्रान्तिकारी) ले फेरि एकपटक विद्यार्थी हकहितका लागि संघर्ष गरेर ठूला उपलब्धिहरू हासिल गरेको छ। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कानून संकायमा BA.LLB कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले उठाएका ७ सूत्रीय मागहरूमध्ये अधिकांशमा विश्वविद्यालय प्रशासनले सकारात्मक निर्णय गर्दै कार्यान्वयनको प्रक्रियामा अघि बढेको छ।
विद्यार्थी आन्दोलनको पृष्ठभूमि:
अनेरास्ववियू (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनहरूले कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूका शैक्षिक अधिकार, परीक्षा प्रणालीमा रहेको अव्यवस्था, ढिलो नतिजा प्रकाशन र अनियमितताका विरुद्ध एकजुट भई दबाबमूलक आन्दोलन शुरु गरेका थिए। कानुनी शिक्षाको गुणस्तर खस्कँदै गएको, पाँच वर्षमा सकिनुपर्ने BALLB कार्यक्रम सात वर्ष बितिसक्दा पनि नसकिने अवस्थाका कारण विद्यार्थीहरू आक्रोशित बनेका थिए।
विद्यार्थी संगठनहरूले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त विभिन्न कलेजहरू—जस्तै चक्रवर्ती ल कलेज, काठमाडौं स्कुल अफ ल, ब्राइट भिजन कलेज लगायतका विद्यार्थीको तर्फबाट ७ प्रमुख मागहरूसहित ज्ञापन पत्र बुझाएका थिए।
प्रमुख मागहरू:
लगातार दबाब र वार्तापछि विश्वविद्यालय प्रशासनले विद्यार्थी पक्षसँग वार्ता गर्दै निम्न सहमतिहरू गरेको छ:
अहिले विश्वविद्यालयले २०७२/०५/११ मा सूचना प्रकाशन गर्दै २०१६ ब्याचको पाँचौं वर्षको अन्तिम परीक्षामा अनुर्तिण भएका विद्यार्थीहरूको लागि मौका परीक्षा फाराम भर्ने प्रक्रिया खुला गरेको छ। परीक्षा फारम भर्ने अन्तिम मिति २०७२/०५/२२ र शुल्क बुझाउने मिति २०७२/०५/२४ (September 9, 2025) तोकिएको छ।
परीक्षा शुल्क रू.७००/- तोकिएको छ र फाराममा विषय परिवर्तन भएमा प्रति विषय रू.५००/- अतिरिक्त शुल्क लाग्नेछ। फारम सम्बन्धित कलेजको प्रमाणीकरणसहित विश्वविद्यालयमा पठाउनु पर्नेछ।
अनेरास्ववियू (क्रान्तिकारी)का प्रतिनिधिहरूले यो उपलब्धिलाई विद्यार्थी संघर्षको ऐतिहासिक जीतका रूपमा लिएका छन्। संगठनका नेताहरूका अनुसार, “यो केवल परीक्षा वा नतिजाको कुरा होइन, विद्यार्थीको भविष्यप्रति विश्वविद्यालय उत्तरदायी हुनुपर्ने माग थियो। र हामी त्यसमा सफल भयौं।”
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत BA.LLB विद्यार्थीहरूले लामो समयदेखि भोग्दै आएको शैक्षिक अव्यवस्थालाई सुधार गर्न विद्यार्थीहरूको एकता, संगठनको संघर्ष र प्रशासनसँगको संवाद प्रभावकारी सावित भएको छ। अझै बाँकी सुधार कार्यान्वयन प्रक्रियामा रहेको भए पनि हालका सहमति र निर्णयहरूले विद्यार्थीहरूको भविष्यप्रति आशा र भरोसा पुनः स्थापित गरेको छ।
प्रतिक्रिया