logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने

    • nayapana nayapana
    • ११ भाद्र २०८१ मंगलवार
    माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने

    काठमाडाैँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) संसद्‌मा सम्बोधन गर्ने भएका छन्।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्ने भएका हुन्। उनले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

    ‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे संसद्‌मा बोल्ने कार्यसूची छ’, पाण्डेले भने। आफूसँगको सत्ता सहकार्य एकाएक भंग गर्दै नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाएयता प्रचण्ड रुष्ट छन्।

    उनले सार्वजनिक कार्यक्रमहरूमा दुई ठूला दलको गठबन्धन सरकारलाई भ्रष्टहरूको सरकार भनी आलोचना गरिरहेका छन्।



    nayapana nayapana    
  • ११ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP