logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, प्रधानन्यायाधीशको नाम सिफारिस भएन

    • nayapana nayapana
    • २८ भाद्र २०८१ शुक्रबार
    संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, प्रधानन्यायाधीशको नाम सिफारिस भएन

    प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक अनिर्णित भएको छ ।

    आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकमा भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एकमात्र एजेण्डा थियो । तर, भदौ ३१ गते पुन: बस्नेगरी आजको बैठक बिनानिष्कर्ष टुंगिएको उपसभामुख तथा परिषद सदस्य इन्दिरा राना मगरले जानकारी दिनुभयो ।

    ‘सिनियारिटीको हिसावले त हाम्रो श्रीमान वरिष्ठ न्यायाधीश प्रकाशसिंह राउत नै हो । अस्ति पनि हामीले छलफल गर्यौँ, फेल भयौँ । अध्ययन पनि गर्नुपर्छ भनेर हामीले २ दिन कन्टिन्युटीमा लग्यौँ । अब ३१ गते ५ बजे बैठक बस्छ । अव छलफल गरेर नै गर्ने गरौं । एउटा म्यासेज पनि राम्रो जाओस् जनतालाई । गयो, बस्यो । एकैछिनमा निर्णय गर्यो, हिँड्यो । त्यसो नगर्ने । हामीले अध्ययन पनि गर्ने भन्ने हो’, उहाँले भन्नुभयो ।

    हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल आगामी असोज २० गतेसम्म मात्रै बाँकी छ । त्यसको एक महिनाअगावै नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि आजको बैठकले निर्णय गर्न सकेन ।

    प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा विपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख रानाको सहभागिता थियो ।



    nayapana nayapana    
  • २८ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP