logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    माओवादी हेडक्वाटरमा ब्यापक हेरफेर,कार्यालय प्रमुखमा पुन

    • nayapana nayapana
    • २१ माघ २०८१ सोमबार
    माओवादी हेडक्वाटरमा ब्यापक हेरफेर,कार्यालय प्रमुखमा पुन

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले हेडक्वाटरमा ब्यापक हेरफेर गरेको छ।

    केन्द्रीय कार्यालय प्रमुखदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा फेरबदल भएको हो।

    सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालय प्रमुख रहनेगरी स्थायी समिति सदस्य गणेशमान पुनलाई ल्याउने निर्णय गरेको एक पदाधिकारीले बताए। उनी माओवादी केन्द्रको युवा संगठन वाईसीएलका पूर्वअध्यक्ष एवं सांसद समेत हुन्।

    हाल कार्यालय प्रमुखमा पार्टी कोषाध्यक्ष श्रीराम ढकाल थिए। ढकाल विदेशमा रहेकोले पुनलाई प्रमुख बनाउने भएको ती पदाधिकारी बताउँछन्।

    यद्यपि, यससम्बन्धि निर्णय अन्तर पार्टी निर्देशनमार्फत् सार्वजनिक गर्ने उनले बताए। यस्तै, प्रचण्डको सचिवालयमा रहेका रमेश मल्ललाई विशेष प्रदेश सहइन्चार्ज बनाउने निर्णय पनि भएको छ।

    अब प्रचण्डको सचिवालय हेर्नेगरी गोविन्द आचार्यलाई पठाइएको छ। ‘केन्द्रीय कार्यालय र अध्यक्षको सचिवालय परिवर्तन हुने निश्चित भइसकेको छ,’ एक पदाधिकारीले भने, ‘अब रमेशजीको ठाउँमा गोविन्दजी जानुहुन्छ। केन्द्रीय कार्यालयको मुख्य सचिव रहनुभएका श्रीराम ढकालजी केही समयका लागि विदा मागेर वैदेशिक भ्रमणमा जानुभएको छ। उहाँको ठाउँमा गणेशमानजीलाई लैजाने कुरा भएको छ।’



    nayapana nayapana    
  • २१ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP