काठमाडाैँ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एजेन्डा मा अनेरास्ववियु (क्रान्तिकारी) ले जितिसकेको अध्यक्ष विजय प्रकाश सापकोटाले दाबी गरेका छन ।
आज लुम्बिनी प्रदेश राजधानी देउखरीस्थित देउखुरी बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु विशेष कार्यशाला गोष्टीमा अध्यक्ष सापकोटा यस्तो दाबी गरेका हुन ।
स्ववियु विशेष कार्यशाला गोष्टीमा बोल्दै अध्यक्ष सापकोटाले भने: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहद अनेरास्ववियु(क्रान्तिकारी) को एजेन्डा हो ।
आज आएर हामी संगठनमा पनि ३२ बर्षे उमेरहद लागु गरेका छाैँ । तसर्थ: एजेन्डागत रुपमा हामीले विजयको झण्डा फहराइसकियाैँ ।
अहिले अन्य संगठनहरुमा एजेन्डाको खडेरी परेको बेला हामीले हाम्रा स्थापित एजेण्डा र हाम्रो पार्टी अध्यक्ष कम्रेड प्रचण्डले सरकारको नेतृत्व गरेको समयमा गरेका सुशासनका ऐतिहासिक उपलव्धीलाई आम विद्यार्थीमाझ सञ्चार गरे मात्र हामीलाई पहिलो संगठन हुनबाट कसैले नरोक्ने अध्यक्ष सापकोटाले जिकिर गरे ।
प्रतिक्रिया