logo
  • ११ कार्तिक २०८३, मंगलवार | Tue, 27 Oct 2026
  • Dark Mode

          Subscribe

    माटोको घैँटोसामु फ्रिज पनि फिका, यी उपाय अपनाउँदा झनै चिसो हुन्छ पानी

    • nayapana nayapana
    • ११ जेष्ठ २०८२ शनिबार
    माटोको घैँटोसामु फ्रिज पनि फिका, यी उपाय अपनाउँदा झनै चिसो हुन्छ पानी

    काठमाडाैं । गर्मीमा चिसो पानीले शरीर र मन दुवैलाई शीतलता दिन्छ । तर, फ्रिजको अत्यधिक चिसो पानी स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।

    प्राकृतिक रूपमा चिसो बनाइएको पानी स्वास्थ्यका दृष्टिले अझ लाभदायक हुन्छ । तर, गर्मीमा फ्रिजबिना पानी कसरी चिसो बनाउने त ?

    गर्मीमा माटोको घैँटो प्रयोग गरेर पानीलाई प्राकृतिक तरिकाले चिसो राख्न सकिन्छ । घैँटोको पानी स्वास्थ्यका लागि लाभदायक त हुन्छ नै, साथै यसले प्राकृतिक रूपमा पानीलाई चिसो पनि बनाइराख्छ । घैँटोको पानीमा पाइने प्राकृतिक खनिज तत्व र माटोको सुमधुर सुगन्ध स्वास्थ्यवर्धक हुनसक्छ । तपाईं घैँटोको पानी फ्रिजको पानीभन्दा अझ चिसो र ताजा चाहनुहुन्छ ? त्यसो हो भने सजिला उपायहरू अपनाउन सक्नुहुन्छ ।

    यी घरेलु उपायबाट गर्मीमा घैँटोको पानी फ्रिजको पानीभन्दा पनि चिसो राख्न सकिन्छ ।

    घैँटो छायाँमा राख्नुहोस्
    घैँटोलाई सधैं सीधा घाम नपर्ने ठाउँमा राख्नुहोस् । छायाँमा राख्दा पानी बढी समयसम्म चिसो रहन्छ ।

    घैँटोलाई भिजेको कपडाले बेर्नुहोस्
    मटकाको चारैतिर भिजेको सुती कपडा बेरेर राख्नुहोस् । यसले वाष्पीकरण प्रक्रिया बढाउँछ र पानी झन् चिसो हुन्छ ।

    घैँटोलाई स्ट्यान्डमा राख्नुहोस्
    घैँटोको तल काठ वा स्टिलको स्ट्यान्ड राख्नुहोस् । यसले घैँटोलाई भूइँबाट माथि राख्छ र चारैतिर हावा बहन सहज हुन्छ ।

    राति घैँटोमा पानी भरौं
    जब वातावरण चिसो हुन्छ, विशेषगरी रातिको समयमा घैँटोमा पानी हाल्दा बिहानसम्म पानी झन् चिसो रहन्छ ।

    घैँटोको नियमित सफा गर्नुहोस्
    घैँटोमा काइ जम्न नदिन वा दुर्गन्ध आउन नदिन हप्तामा कम्तीमा एकपटक सफा गर्नुहोस् । यसले घैँटोको चिसोपन कायम राख्छ ।

    रातो माटोको घैँटो प्रयोग गर्नुहोस्
    रातो वा कालो माटोबाट बनेका घैँटो चिसोपन कायम राख्न अझ सक्षम हुन्छन्।

    घैँटो सधैं ढाकेर राख्नुहोस्
    घैँटोलाई खुला नराख्नुहोस् । माथि काठ वा स्टिलको ढकनी लगाउनुहोस् ताकि चिसोपन ह्रास नहोस् र धुलो तथा फोहोर नपरोस् ।



    nayapana nayapana    
  • ११ जेष्ठ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP