logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ओमोडा र जेइकोको ब्रान्ड एम्बेसडर भए दीपेन्द्र सिंह ऐरी

    • nayapana nayapana
    • १६ पुष २०८१ मंगलवार
    ओमोडा र जेइकोको ब्रान्ड एम्बेसडर भए दीपेन्द्र सिंह ऐरी

    दीपेन्द्र सिंह ऐरी ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेसडर घोषित भएका छन्।

    ओमोडा र जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट तथा सुदूरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ब्रान्ड दूत घोषणा गरेको हाे।

    सिल्भर ओक ब्या‌ङ्केट, काठमाडौंमा आयोजित विशेष समारोहमा सारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रम गरिएको हो।

    कार्यक्रममा सम्बोधन गर्दै ऐरीले भने, ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक ईभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ। नवप्रवर्तन र फ्यूचरिस्टिक टेक्नोलोजीमा अग्रणी रहँदै ईभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु।’

    समारोहमा ग्रुपका अध्यक्ष शिव रतन सारडा, प्रबन्धनिर्देशक सन्दीपकुमार सारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव सारडा, एसपीजी अटोमोबाइल्सका अन्य सदस्यहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार तथा मिडियाको उपस्थिति थियो।

    एनपीएलको ‘इलेक्ट्रिफाइड प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कारस्वरूप ओमोडा इफाइभको साँचो हस्तान्तरण गर्दै एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव सारडाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पुरुष टी२० अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक रहेको बताए।

    उनले भने, ‘आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्खे दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौँ।’

    ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ड्रिभन बाइ सहप्रायोजक रहेको थियो।



    nayapana nayapana    
  • १६ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP