काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष विराज थापाले पार्टी नेतृत्वलाई सक्रिय राजनीतिबाट विदा लिन आग्रह गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै अब प्रचण्ड र उनको पुस्ताले “विलखबन्द नगरी” राजनीति छोड्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, “अब कुनै पनि विलखबन्द नगरीकन प्रचण्ड ज्यु र उहाँको पुस्ताले सक्रिय पार्टी राजनीति बाट विदा लिनुपर्छ । अब यो देशले तपाईंहरूको योगदानलाई सम्मान गर्छ, तपाईंहरूले जनताको भावनाको सम्मान गर्नुस् ।”
थापाले आगामी दिनमा पुरानो नेतृत्व पुनः राजनीतिमा फर्कने कोसिस नगर्न समेत चेतावनी दिएका छन् । “कुनैपनि बहानामा तपाईंहरू राजनीतिमा फर्कने कोशिश नगर्नुहोला । यदि यही नेतृत्व र नेता यो पार्टीमा आउँछन् भने हामी तपाईंहरूसँग सति जान सक्दैनौँ, तपाईंहरूको साथमा हुने छैनौँ,” उनले स्पष्ट पारेका छन् ।
युवा नेताको यस्तो भनाइसँगै माओवादी केन्द्रभित्र नयाँ पुस्ताको नेतृत्वको माग फेरि एकपटक बलियोसँग उठेको देखिएको छ ।
प्रतिक्रिया