रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानबीच मङ्सिर ७ गते औपचारिक एकता घोषणा हुने भएको छ।
नेसपा–नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानका अगुवा सुदन किराती र सन्तोष परियारबीच भएको सहमतिअनुसार अब दुुवै पक्ष मिलेर एकीकृत पार्टी गठन गर्न तयारी अन्तिम चरणमा पुगेको छ।
एकता प्रक्रियाअनुसार नयाँ बन्ने पार्टीको नाम, उद्देश्यमूलक रेखा र चुनाव चिन्ह एउटै रहनेछ। यसले वैकल्पिक राजनीतिक धारलाई एउटै छातामुनि समेट्दै संगठित रूपमै अघि बढाउने संकेत दिएको छ।
देश–विदेशमा बस्दै आएका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्ति, विशेषगरी परिवर्तनको ऊर्जा बोकेका जेनजी पुस्तालाई यस बृहत् राजनीतिक पुनर्संरचनामा सहभागी हुन संयुक्त आव्हान गरिएको छ।
त्यस्तै, देशमा बढ्दै गएको भ्रष्ट, अनैतिक र अहंकारी राजनीतिक प्रवृत्तिलाई निर्वाचनमार्फत परास्त गर्न सबै वैकल्पिक शक्ति, नयाँ पुस्ता र नवयुवाहरूलाई एकै मोर्चामा उभिन अपिल गरिएको छ।
यो एकता प्रक्रिया वैकल्पिक राजनीतिलाई नयाँ स्वरूप र बलियो संगठनात्मक आधार दिन सक्ने राजनीतिक विश्लेषणहरू व्यक्त भइरहेको छ।
प्रतिक्रिया