logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्रीको हस्तक्षेपले त्रिविको शैक्षिक मर्यादा र विश्वसनीयतामाथि प्रश्न उठ्याे: उपाध्यक्ष थापा

    प्रधानमन्त्रीको हस्तक्षेपले त्रिविको शैक्षिक मर्यादा र विश्वसनीयतामाथि प्रश्न उठ्याे: उपाध्यक्ष थापा

    काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालय सिनेट बैठक बालुवाटारमा राखेपछि अनेरास्ववियू (क्रान्तिकारी) ले कडा असन्तुष्टि जनाएको छ।

    संगठनका उपाध्यक्ष विराज थापाले प्रधानमन्त्री ओलीले विश्वविद्यालयको स्वायत्तता, मेरिटोक्रेसी र मर्यादामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

    थापाका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा मेरिट प्रणालीको अवहेलना गर्दै आफू निकट व्यक्तिलाई नियुक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्, “अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुदाँ विश्वविद्यालयको पदाधिकारी (उपकुलपति) नियुक्ति गर्दा meritocracy लागु गरीएको थियो, तर हालका प्रधानमन्त्रीज्यूले त्यो प्रक्रिया अबरुद्ध गर्दै आफू निकट मान्छेलाई भिसी नियुक्ति दिनुभएछ।”

    उनले प्रधानमन्त्री ओलीको विश्वविद्यालयप्रतिको दृष्टिकोणलाई पनि कटाक्ष गर्दै भनेका छन्, “प्रधानमन्त्रीको विश्वविद्यालय प्रतिको सोचाइ सिंहदरवारमा सिनेट बैठक बोलाउने, बजेट रोक्ने जस्ता हर्कतले प्रष्ट पारेकै छ। लगेर हो ओलीज्यू।”

    अनेरास्ववियू (क्रान्तिकारी) ले प्रधानमन्त्री तथा कुलपतिद्वारा विश्वविद्यालयको स्वायत्त संरचनामा गरिएको हस्तक्षेप तत्काल फिर्ता लिन माग गरेको छ। उनका अनुसार यसले त्रिभुवन विश्वविद्यालयको शैक्षिक मर्यादा र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।



    nayapana nayapana    
  • २६ असार २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP