अनेम संघ (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अलिकना बम (बबिता) को आत्मकथात्मक पुस्तक “जुनकिरी हराएको रात” विमोचन हुने भएको छ। पुस्तकको विमोचन प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिनेछ।
बबिता, हाल कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाबाट निर्वाचित उपाध्यक्ष, संघर्षशील नेता र लेखकका रूपमा परिचित छिन्। उनी २०५६ सालमा भूमिगत आन्दोलनमा संलग्न भइन्, २०५८ मा जिल्ला समिति सदस्य र २०६० मा सेतिमहाकालि क्षेत्रीय ब्युरो सदस्य बनेकी थिइन्। वर्तमानमा उनी नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश सचिवालय सदस्यको रूपमा नेपालको राजनीतिमा सक्रिय योगदान दिइरहेकी छिन्।
उनको पुस्तक केवल व्यक्तिगत संघर्षको कथा नभई नेपालको राजनीतिक इतिहास र परिवर्तनको जीवित दस्तावेज पनि हो। बबिताले जनयुद्धका कष्टपूर्ण अनुभवहरू स्मरण गर्दै वर्तमान लोकतान्त्रिक गणतन्त्रसँग तुलना प्रस्तुत गरेकी छन्। पुस्तकले त्यस समयका घटनाहरूको यथार्थ र ऐतिहासिक प्रभाव पाठकसमक्ष उजागर गर्दछ।
विमोचनको अवसरमा बबिताले पुस्तकमार्फत समाजका शोषित र उत्पीडित वर्गहरूको आवाज प्रस्तुत गर्ने प्रयास भएको बताइन्। उनले गणतन्त्रको यथार्थ, संघर्षका चुनौतीहरू र व्यक्तिगत तथा सामूहिक यात्राको सशक्त चित्रण पुस्तकमा समेटिएको स्पष्ट गरिन्।
प्रतिक्रिया