logo
  • २९ जेष्ठ २०८३, शुक्रबार | Fri, 12 Jun 2026
  • Dark Mode

          Subscribe

    गोरखा मिडियाको लगानीबारे रवि र जीबीलाई थाहा छ, मलाई छैनः छविलाल जोशी

    • nayapana nayapana
    • ७ भाद्र २०८१ शुक्रबार
    गोरखा मिडियाको लगानीबारे रवि र जीबीलाई थाहा छ, मलाई छैनः छविलाल जोशी

    सहकारी ठगी छानबिन विशेष संसदीय समितिमा गोरखा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीले बयान दिएका छन् । समितिले शुक्रबार उनीसँग गोरखा मिडिया प्रालिमा भएको लगानीबारे सोधपुछ गरेको हो ।

    यो प्रालिले विभिन्न सहकारीबाट अवैध रूपमा ठूलो रकम ल्याई डुबाएको छ । त्यसैले यसका पुराना सञ्चालक रहेका जोशीसँग संसदीय समितिले बयान लिएको हो । यो मिडिया प्रालिका अध्यक्ष रहेका गितेन्द्रबाबु राई (जीबी) ले आफैँ अध्यक्ष रहेका विभिन्न सहकारीबाट ठूलो रकम ल्याएर मिडियामा लगानी गरेका छन् । अहिले उनी सहकाडरीको करोडौँ रकम डुबाएर फरार छन् ।

    राजनीतिमा आउनुअघि रास्वपा सभापति रवि लामिछाने गोरखा मिडिया प्रालिको म्यानेजिङ डाइरेक्टर थिए । त्यति मात्र होइन, लामिछानले जीबी राईकै नेतृत्वमा रहेको बुटवलको सुप्रिम सहकारीबाट ऋण लिएको समेत पाइएको छ ।

    शुक्रबार समितिमा जोशीले मिडियामा भएको लगानीबारे आफूलाई जानकारी नभएको बयान दिएका छन् । स्रोतका अनुसार उनले मिडियामा भएको लगानीको स्रोतबारे जीबी राई र रवि लामिछानेलाई जानकारी रहेको बताएका छन् ।

    समितिले शुक्रबारै रवि लामिछानेसँग पनि बयान लिँदै छ । जोशीको बयान सकिएपछि रविको बयान सुरु हुनेछ ।



    nayapana nayapana    
  • ७ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP