logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    ४५ वर्ष पुरानो पाँचतारे याक एण्ड यति होटल बिक्रीमा

    • nayapana nayapana
    • २० भाद्र २०८१ बिहीबार
    ४५ वर्ष पुरानो पाँचतारे याक एण्ड यति होटल बिक्रीमा

    काठमाडौं । पाँचतारे होटल याक एण्ड यतिले बिक्री गर्न खोजिएको छ । होटल सञ्चालन गर्न सकस हुँदै गएको र पछिल्लो समय अपेक्षाकृत लाभ गर्न नसकेपछि होटल बिक्री गर्ने तयारी भएको हो । याक एण्ड यति होटल व्यवस्थापनले यो होटलको बिक्री मूल्य ३० अर्ब रुपैयाँ तय गरेका छन् ।

    दरवारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यति होटल १०० वर्षभन्दा पुरानो दरबारको संरचनामा सञ्चालनमा भइरहेको छ । दरबारमार्गको लाल दरबारमा भएको यो होटल ५७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    यो होटलममा कन्फ्रेन्स तथा इभेन्ट हलको रुपमा लाल दरबार कन्भेन्सन सेन्टर छ । होटलमा बालारुम, रिजेन्सी हल, दरबार हल, डाइनेष्टी हल, क्यस्ट्रल हल, सिने र भाइसराय नामक हलसहितको कम्पाउन्ड रहेको छ । राजधानीको केन्द्र भागमा रहेको यो होटललाई प्राइम लोकेशनमा भएको पर्यटकीय संरचनाको रुपले समेत चिनिन्छ ।

    हाल होटलको केही भाग मर्मतसंभारमा रहेको भएपनि होटल आंशिकरुपमा भने सञ्चालनमा रहेको छ । होटलमा २४७ वटा कोठा छन् । स्वीमिङ पुल, ज्याकुजी, साउना, लाङटेनिस, साइक्लिङ, जीम, वेलनेस सेन्टर, स्पा र क्यासिनोसमेत रहेको यो होटल भारतीय व्यवस्थाप समूहले सञ्चालन गरिरहेको होटल हो ।

    होटलका संस्थापक राधेश्याम सराफको २०७८ चैतमा निधन भए पनि उनका परिवारका सदस्यले यो होटल चलाइरहेका छन् ।



    nayapana nayapana    
  • २० भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP