logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पूर्वराजा शाहको एकैदिन भुटानी राजपरिवारका चार पुस्तासँग भेट

    • nayapana nayapana
    • १९ आश्विन २०८१ शनिबार
    पूर्वराजा शाहको एकैदिन भुटानी राजपरिवारका चार पुस्तासँग भेट

    भुटानको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहका लागि शुक्रबार (१८ असोज) निकै महत्त्वपूर्ण सावित भएको छ। १८ वर्षअघि गद्दी छाड्न बाध्य पूर्वराजा शाहले एकै दिन भुटानी राजपरिवारका चार पुस्तालाई भेटेका छन्।

    शुक्रबार दिउँसो भुटानका पूर्वराजा जिग्मे सिंगे वाङचुक, त्यसअघि पूर्वराजा वाङचुककी ९४ वर्षीया आमा केसाङ छोदेनसँग भेटवार्ता गरेका पूर्वराजा शाहले अपरान्ह राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग भेटवार्ता गरेका छन्।

    यी सबै भेटहरू भुटानको डेचेनछोलिङ राजदरबारमा भएका हुन्।

    भुटानी राजा जिग्मे केशरसँगको भेटवार्तामा भने रानी जेत्सुन पेमा र राजारानीका सन्तानका दुई छोराहरू पनि देखिएका छन्। यसमध्ये जेठा युवराज जिग्मे नामग्याल वाङचुक र कान्छा राजकुमार जिग्मे उग्येन वाङचुक हुन्।

    राजदम्पतीको तेस्रो सन्तानका रुपमा राजकुमारी सोनम यांग्देन वाङचुक रहे पनि उनी भेटवार्ताको क्रममा खिचिएको तस्बिरमा देखिएकी छैनन्। एक वर्ष पनि नपुगेकी उनी गत मंसिरमा मात्र जन्मेकी हुन्।

    यस हिसाबले पूर्वराजा शाहको भुटानी राजपरिवारका चार पुस्तासँग एकै दिन भेट भएको छ। छोरी प्रेरणा सिंह र भतिजी शीताष्मा शाहका साथ भुटान पुगेका उनलाई भुटानी राजा वाङचुकले नै निमन्त्रणा दिएको विश्वास गरिएको छ।



    nayapana nayapana    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP