logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मन्त्रिपरषद्को बैठक सिंहदरबारमा

    • nayapana nayapana
    • १८ आश्विन २०८१ शुक्रबार
    मन्त्रिपरषद्को बैठक सिंहदरबारमा

    काठमाडाै‌ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा केहीबेरदेखि बैठक जारी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै छ।

    यसअघि शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिन स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

    बैठकमा शुक्रबार मात्र स्वदेशी फर्किएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि सहभागी छन्।



    nayapana nayapana    
  • १८ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP